होम आइसोलेसनमा बस्ने अत्याधिक

विराटनगर : प्रदेश १ का अधिकांस कोरोना संक्रमितहरु हेम आइसोलेनमा बस्ने गरेका छन् । रुघाखोकीका साथै ज्वरो आउने र श्वास-प्रस्वासमा समेत समस्या देखिएका संक्रमितहरु होम आइसोलेसनमा बस्ने गरेका छन् । प्रदेश १ मा सञ्चालनमा रहेका ३२ वटा संस्थागत आइसोलेसनहरु खालि हुन थालेका छन् । प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय २४ पुगेको छ ।
प्रदेशमा शुक्रवार साँझसम्म ६ हजार आठ सय १८ जना संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये नौ सय १४ जना मात्र संस्थागत आइसोलेसनमा छन् । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार तीन सय ४० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये हाल ४२ जनाको आइसीयूमा उपचार भइरहेको छ भने १६ जना भेन्टिलेटरमा राखिएको छ ।
प्रदेश १ मा संस्थागत एक हजार पाँच सय ८१ वटा आइसोलेसन बेड छन् । प्रदेश १ मा हालसम्म कोरोनाका लागि करिब ७५ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । ‘अब आइसोलेसन बस्ने संक्रमितको संख्या घट्दो छ,’ सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने, ‘अहिलेको चाप भनेको आइसीयू र भेन्टिलेटरको हो ।’ प्रदेश १ मा ८७ वटा मात्र आइसीयु वेड र ३० वटा भेन्टिलेटर छन् । तर धेरै भेन्टिलेटर सञ्चालनमा आएका छैन् । थप भेन्टिलेटरका लागि केन्द्र सरकारसँग माग गरिएको मन्त्री घिमिरेले बताए । आइसीयू र भेन्टिलेरको संख्या थपिने उनको भनाइ थियो ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय २ जना पुगेको छ । निको हुनेको संख्या ५ हजार ४ सय ५७ जना रहेको छ । यो प्रदेशमा हालसम्म एक लाख ४३ हजार नौ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश राजधानी विराटनगर, इटहरी र धरानमा संक्रमण केन्द्रित छ । विगतमा मुस्किलले १० प्रतिशतसम्म रहेको संक्रमण दर अहिले दैनिक परीक्षण संख्यासँग तुलना गर्दा ४० प्रतिशत हाराहारी पुगेको देखिन्छ ।
प्रदेश १ सरकारले एक हजार शैयाको कोभिड-१९ उपचार केन्द्र व्यवस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन भने गर्न सकेको छैन । प्रदेशस्तरीय ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ ले दुई महिनाअघि निर्णय गरे पनि त्यसलाई सामाजिक विकास मन्त्री घिमिरेले स्थानीय तहले व्यवस्थापन गरेको आइसोलेसन सेन्टरमा संक्रमित उपचार गर्न राखिने संख्यालाई नै आधार मानिएको बताएका छन् ।
प्रदेश १ मा सुरुका दिनमा कोभिड–१९ सरकारको नियन्त्रणमा थियो । मुख्यमन्त्री शेरधन राई सहित सामाजिक विकास मन्त्री घिमिरे र आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्की निकै सक्रिय रुपमा लागेका थिए ।
काम गर्ने कुरामा मन्त्रालयहरुबीच समन्वय अभाव र मुख्यमन्त्री कार्यालयले नियन्त्रण गर्न खोजेको भन्दै मन्त्री घिमिरे र कार्कीको चित्त दुखाइ बढ्न थाल्यो । मुख्यमन्त्री कार्यालयले सुचनादेखि खर्च सम्मलाई नियन्त्रण गर्न थालेपछि प्रदेश १ का कोभिड नियन्त्रणमा लापरबाही सुरु भएको हो । त्यसका साथै मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरु नेकपाको विवादका कारण काठमाडौंमा लामो समयसम्म बसेका थिए । त्यही बेला कोरोनाले प्रदेश राजधानी विराटनगर छपक्कै ढाक्यो । यो क्रम अहिले सम्म जारी छ ।
प्रदेश सरकारले आइसोलेसन, परिक्षण र उपचारको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिएको थियो भने क्वारेन्टाइन, होल्डिङ सेन्टर र सुरक्षाको जिम्मा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई दिएको थियो । सुरुवाती दिनमा निकै सकृय देखिएका दुवै मन्त्री काम आफूले गरे पनि नाम अरुकै आउन थालेपछि निराश बनेका थिए । मुख्यमन्त्री कार्यालयले कोरोनाको खर्चलाई पारदर्शी बनाउने भन्दै सवै काम टेण्डर प्रकृयाबाट मात्र गर्न मुख्यमन्त्री राईले निर्देशन दिएपछि आइसोलेसन निर्माणमा समेत वाधा पुगेको हो ।
अहिलेको कोशी कोभिड अस्पताल पछाडिको नेसनल टेड्रिङको गोदाम घरमा दुई सय बेडको आइसोलेसन बनाउने थालिएको थियो । तर मुख्यमन्त्रीको निर्देशनपछि उक्त काम समेत रोकिएको थियो । असारमा नै बनि सक्ने उक्त अस्पताल अहिले सम्म बन्न सकेको छैन् । ‘सूरुमा केहि समस्या आएको थियो,’ सामाजिक विकास मन्त्री घिमिरेले भने, ‘तर अहिले तीव्र गतिमा बनिरहेको छ । केही दिनमा नै सञ्चालनमा आउँछ ।’
यो संगै प्रदेश सरकारले सुनसरीको चतारमा रहेको आश्रममा २ सय वेडकै आयुर्वेदिक प्रणालीबाट उपचार गर्ने गरी आइसोलेसन निर्माण गर्ने निर्णय गर्ने भनिएको थियो । तर त्योपनि बन्ने सकेन ।

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया