आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लियो

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । यस खेलमा खेलको १७ औ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा सीमित भएको थियो । 

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।

त्यसैगरी रियल सोसियडाडको २६ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौँ स्थानमा छ ।