वर्षाले तीनघर भत्किए

डोटी : लगातारको भारी वर्षाका कारण जिल्लामा तीनवटा घर भत्किएका छन् । आज भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार आज वर्षात्ले जिल्लाको सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको जस्ताले छाएको दुई तले घर भत्किएको छ । उनको घरको तल्लो तला भत्किदा गोठमा रहेका दुई बाख्रा पुरिएर मरेका छन् ।
यसैगरी जिल्लाकै बडिकेदार गाउँपालिका–१ गुजैल गाउँ बस्ने धनबहादुर कलेलको स्लेटले छाएको दुई तले घरको धुरी भाँचिई घर भत्किदा घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन पुरिएको छ । त्यस्तै दिपायल सिलगढी नगरपालिका–५ बागठाँटा बस्ने जोगी भुलको ढुङ्गा माटाले बनेको स्लेटले छाएको दुई तले घरको धुरी वर्षात्को कारणले भाँचिन गई घर भत्किई घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा क्षति भएको छ । भत्किएका घरमा कम्तीमा पनि रु १५ लाखबराबरको क्षति भएको अनुमान गरिएको छ ।
दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घटनाका विषयमा तथा क्षतिका बारेमा थप बुझ्नका लागि अहिले प्रहरी टोली त्यसतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया