सन् २०३० सम्म मोबाइल प्रविधिले अर्थतन्त्रको ८.४ प्रतिशत योगदान गर्ने पूर्वानुमान

बार्सिलोना, स्पेन- फाइभजी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र उन्नत कनेक्टिभिटीमा भएको प्रगति अन्वेषण गर्न उद्योगका नेता, नीति निर्माता र प्रविधि आविष्कारकहरूलाई एकसाथ ल्याउँदै सन् २०२५ मोबाइल वल्र्ड काङ्ग्रेस (एमडब्लुसी) सोमबार देखि स्पेनमा सुरु भएको छ ।
ग्लोबल सिस्टम फोर मोबाइल कम्युनिकेशंस एसोसिएशन (जीएसएमए) द्वारा फÞिरा ग्रैन वाया प्रदर्शनी केन्द्रमा आयोजना गरिएको चार दिने कार्यक्रमको विषय ‘कन्भर्ज, कनेक्ट, क्रिएट’ रहेको छ, जसले मोबाइल र एआई–संचालित प्रविधिहरूको फ्युजनलाई जोड दिन्छ ।
जीएसएमएका महानिर्देशक म्याट ग्रानरीडले ५जी विश्वव्यापी रूपमा द्रुत रूपमा अगाडि बढिरहेको छ । हालसम्म ५ जी जडानहरू दुई अर्ब पुगेको उहाँ बताउनुभयो, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा छिटो बढिरहेको मोबाइल जेनेरेशन बनाएको छ । अहिले अवरोध हटाउने र विकासको गति बढाउने बेला आएको छ ।
जीएसएमएले आफ्नो मोबाइल इकोनोमी रिपोर्ट सन् २०२५ पनि जारी गर्यो, जसले मोबाइल प्रविधि र सेवाहरूले सन् २०२४ मा विश्वव्यापी जीडीपी मा ५.८ प्रतिशत योगदान गर्ने देखाएको थियो ।
त्यो सङ्ख्या सन् २०३० सम्ममा ८.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
एमडब्लुसी सन् २०२५ ले दुई हजार ८०० भन्दा बढी प्रदर्शक र एक हजार २०० वक्ताहरूलाई आकर्षित गरेको छ, जसमा आयोजकहरूले एक लाख भन्दा बढी उपस्थित हुने अपेक्षा गरेका छन् । चाइना मोबाइल, चाइना युनिकम, चाइना टेलिकम, हुवावे, जेडटीई, लेनोभो र शाओमीलगायत ३०० भन्दा बढी चिनियाँ कम्पनीहरूले आफ्ना नयाँ आविष्कारहरू प्रदर्शन गरिरहेका छन् । (सिन्ह्वा)

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

प्रतिक्रिया