संसद बैठकमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन र अध्यादेशको पक्षमा मत हाल्न ह्वीप जारी गरेको छ ।
बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि एमालेले आफ्ना सांसदहरूलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।
यस अघि कांग्रेसले पनि ह्वीप जारी गरेको थियो । तर, जनता समाजवादी पार्टी नेपाल र लोसपाको आग्रहमा सरकार विभिन्न ६ अध्यादेशहरूमध्ये भूमिसम्बन्धी अध्यादेश रोकेर अरू ५ वटामात्रै अध्यादेश पारित गराउन सहमत भएको हो ।
सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ । आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया