बाबर र रिजवानलाई पाकिस्तानको टी-२० टिमबाट हटाइयो

काठमाडौं - पाकिस्तानले बाबर आजम र मोहमद रिजवानलाई टी-२० टिमबाट बाहिर राखेको छ । यहि मार्च १६ देखि हुने न्यूजील्याण्डविरुद्धको सिरिजका लागि पाकिस्तानले आजम र रिजवानलाई टी-२० सिरिजबाट ड्रप गरेको हो ।
टी-२० टिमका लागि पाकिस्तानले सलमान अली आगालाई कप्तान बनाएको छ । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई एकदिवसीय कप्तानको रूपमा निरन्तरता दिएको छ । आइसीसी च्याम्पियन्स ट्रफीमा खराब प्रदर्शनपछि पनि रिजवानलाई एकदिवसीय कप्तानको रुपमा निरन्तरता दिइएको हो ।
त्यस्तै तिब्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई एकदिवसीय टिमबाट हटाइएको छ । त्यस्तै टी-२० को कप्तान बनाइएका आगाले एकदिवसीय खेलहरुमा उपकप्तानको भूमिका निभाउने बोर्डले जनाएको छ ।
टी-२० टिम:
सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल समद, अबरार अहमद, हरिस रउफ, हसन नवाज, जहानद खान, खुशदिल शाह, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद अली, मोहम्मद हरिस, मोहम्मद इरफान खान, ओमेर बिन युसुफ, शाहीन शाह अफ्रिदी, सुफियान खान, उसमान खान ।
एकदिवसीय टिम:
मोहम्मद रिजवान (कप्तान), सलमान अली आगा (उपकप्तान), अब्दुल्ला शफिक, अबरार अहमद, अकिफ जावेद, बाबर आजम, फहीम अशरफ, इमाम-उल-हक, खुशदिल शाह, मोहम्मद अली, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, सुफयान मोकिम र ताब्यान मोकिम ।
न्यूजील्याण्ड टूरका क्रममा पाकिस्तानले ५ टी-२० र ३ एकदिवसीय खेलको सिरिज खेल्ने छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_M19cBXr2Wz_hbwpmxl8uzvvzhk3x41hp1em0yuzr1fddzkwkhagieq1gpfzwljkpmccjrgq.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया