पाल्पाको जङ्गलमा डढेलो

तानसेन (पाल्पा)- जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । मंगलबार अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका–१, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए ।
आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले जानकारी दिनुभयो ।
यहाँ सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ । डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब–डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र जनप्रतिनिधि खटिएका छन् ।
दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया