नेपालमा भेटियो ‘बैजनी बुङ्गेचरा’
झापा- चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले नेपालमा ‘बैजनी बुङ्गेचरा’ नामको नयाँ चरा फेला पार्नुभएको छ । नेपाल पन्छीविद् सङ्घले उक्त चरा नेपालमा नयाँ रहेको पुष्टि गरेको खरेलले बताए । ‘बैजनी बुङ्गेचरा’ फेला परेसँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ ।
मेचीनगर–६ काँकडभिट्टा निवासी संरक्षण अभियन्ता खरेलले यसअघि ‘हरित परेवा’ नामक अर्को नयाँ चरा नेपालमा फेला पार्नुभएको थियो । खरेलका अनुसार ‘बैजनी बुङ्गेचरा’को अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ हो ।
भारत, श्रीलङ्कालगायतका कतिपय मुलुकमा यो चरा पाइएको छ । चरा अवलोकनको क्रममा खरेलले २०८१ फागुन ७ गते बिहान ८:३० बजे काँकडभिट्टाको एक बगैँचामा ‘बैजनी बुङ्गेचरा’को जोडीको पहिलो तस्बिर र भिडियो खिचेका थिए ।
खरेलले फागुन ९ गते उक्त तस्बिरलाई नेपाल बर्ड रेकर्ड कमिटीमा पुष्टिका लागि पठाएका थिए । सङ्घका अध्यक्ष डा तुलसी सुवेदीले मङ्गलबार प्रेस विज्ञप्तिमार्फत नेपालमा नयाँ चराको रूपमा ‘बैजनी बुङ्गेचरा’ थपिएको सार्वजनिक गरेको खरेलले बताए ।
चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष समेत रहेका चराविद् खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियो समेत खिचेर कीर्तिमान राखिसकेका छन् ।

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

प्रतिक्रिया