आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह

काठमाडौं - आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने । २१ औं शताब्दीमा पनि सांसद किनबेच हुन्छ भनिनु आफैँमा गम्भीर विषय रहेको उनले बताए ।
‘अहिलेको २१औं शताब्दीमा, आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो छ । सिंगै संसद अपमानित हुने यो विषयमा सम्माननीय सभामुखज्यु गम्भीर हुन जरुरी छ । सम्मानित संसद अपमानित हुने गरी यो कुरा सम्प्रेषित भइराख्दा सरकारले यसबारे जबाफ दिन जरुरी छ,’ उनले भने ।
जिम्मेवार सांसदले सांसद किनबेचमा रहेको भन्न मिल्ने कि नमिल्ने पनि उनको प्रश्न छ । ‘होइन भने एउटा जिम्मेवार सांसदले यस्तो भन्न मिल्छ कि मिल्दैन रु मिल्दैन भने यसमा कानुन लाग्छ कि लाग्दैन ?,’ साहले प्रश्न गरे ।

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै, तीन विधेयक पारित गराउने तयारी

आजबाट संसद्को हिउँदे अधिवेशन अन्त्य हुने

माओवादीले देशलाई संविधान र कानुनविहिन बनाउन लागेको होः भट्टराई

संसद् बैठक आज, दुई दिनदेखि अवरूद्ध संसद् चल्ला ?

प्रतिनिधिसभाको बैठक २ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कुलमान प्रकरण : प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

प्रतिक्रिया