हतियार उठाएर हिंसा मच्चाउनेले लोकतन्त्र मास्न लागेः प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा मानव अधिकार रक्षकहरुको पाँचौँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै लोकतन्त्र मास्नका लागि हतियार उठाएर हिंसा मच्याउने व्यक्तिहरुले संविधान मास्न खोजेको आरोप लगाउने गरेको बताएका हुन् ।
उनले मानव अधिकारको रक्षा र संविधानको मौलिक हकहरुको कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताए । मानवअधिकारको पक्षमा बोले अमानवीय तवरले धम्की आउने गरेको भन्दै उहाले मानवअधिकार बिरुद्धको असामाजिक क्रियाकपाल सह्य नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मानव अधिकारका लागि आन्दोलन गर्ने दुई ठुला दलको सहभागितामा अहिलेको सरकार बनेकाले यसले मानव अधिकारको उल्लङ्घन हुन नदिन र कानुनी शासनको पालना गर्नमा विशेष महत्व दिने धारणा राखे ।
नेपाली जनतालाई सुखी र समृद्ध बनाउनका लागि यथार्थरुपमा मानव अधिकार स्थापित हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उनको भनाइ छ । उनले नेपालले मुत्युदण्डको सजायको व्यवस्था नअपनाउने स्पष्ट गर्दै दोषका आधारमा कडा भन्दा कडा सजाय दिन सकिने बताए।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स)द्वारा स्थापित रु एक लाख राशीको मानव अधिकार तथा स्वतन्त्रता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया