‘झापा विद्रोह’का पाँच सहिदको स्मृतिमा श्रद्धाञ्जली सभा गरिने

काठमाडौं - तत्कालीन ‘झापा विद्रोह’का पाँच सहिदको स्मृति दिवसमा सुखानीमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
‘झापा विद्रोह’का क्रममा पक्राउ परेर चन्द्रगढी कारागारमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई इलाम जेल सार्ने निहुँमा विसं २०२९ फागुन २१ गते झापा र इलामको सिमानास्थित सुखानीको जंगलमा तत्कालीन पञ्चायती शासकहरूले गोली हानी हत्या गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले फरक फरक समयमा सुखानी सहादतस्थलमा सहिदहरूको शालिकमा माल्यार्पण गरेका हुन् ।
सुखानीका सहिदहरूको सम्झनामा नेपालका विभिन्न कम्युनिस्ट पार्टीहरूले ‘फागुन २१’लाई सहिद स्मृति दिवसको रुपमा मनाउँदै आएका छन् । झापाको ज्यामिरगढी, सालबारी र गरामनीमा सुखानीका सहिदहरूको शालिक निर्माण गरिएका छन् ।
सरकारले सुखानीमा जीवनको आहुती दिएका झापा विद्रोहका पाँच योद्धालाई विसं। २०७२ फागुन १९ गते राष्ट्रिय सहिदको रुपमा घोषणा गरेको थियो ।

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ

नवलपुरमा बाघको आक्रमणबाट एकजना घाइते

प्रतिक्रिया