पाल्पा डढेलो : चार सामुदायिक वनमा क्षति

तानसेन (पाल्पा)- जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।
आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

पाँच स्थानीय तहमा जग्गा नापजाँच थालियो

डुबेर दुई जनाको मृत्यु

गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ : देउवा

३० हजार घुससहित दुर्गौलिया चौकी इन्चार्ज सई खड्का पक्राउ

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

प्रतिक्रिया