धुलिखेल अस्पतालका चिकित्सकको आत्महत्या प्रयासको घटनामा काउन्सिलको हस्तक्षेपपछि बन्यो छानबिन समिति

काभ्रे- धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनामा डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएको छ ।
धुलिखेल अस्पतालका आवासीय चिकित्सकको आत्महत्या प्रयाससँग सम्बन्धित घटनालाई लिएर नेपाल मेडिकल काउन्सिलले ४ जना चिकित्सकलाई ७ दिनका लागि निलम्बन गरे सँगै डीन कार्यालयले स्वतन्त्र छानबिन समिति बनाएर ५ दिन भित्र प्रतिवेदन पेस गर्न निर्णय गरेको हो ।
बुधबार बेलुका बसेको ‘स्कुल अफ मेडिकल साईन्सेज’ को निर्णयले ५ दिनको समय तोक्दै उपकुलपतिलाई प्रतिवेदन बुझाउने सँगै निलम्बनमा परेका कुनै पनि चिकित्सकलाई नियमित हैसियतको काम कारबाही गर्न नदिन समेत जारी गरेको सूचनामा उल्लेख छ ।
आवासिय चिकित्सकले ओभरडोज औषधी सेवन गरेको र अस्पतालमै उपचार पश्चात् अहिले सामान्य अवस्थामा फर्किएको अस्पतालले यस अघि नै जनाएको थियो ।
अस्पतालका विभागीय प्रमुख एवं एसोसियट डिन प्रोफेसर डा. अजय रिसाल, एसोसियट प्रोफेसर डा. दीपक कुँवर, लेक्चररद्वय डा. वर्षा श्रेष्ठ र डा. रिका रिजाललाई मेडिकल काउन्सिलले एक साताका लागि निलम्बन गरेको अस्पतालले सूचना जारी गरी जानकारी दिएको थियो ।
गत फाल्गुन ४ गते चिकित्सकले आत्महत्याको प्रयास गरेकोमा काउन्सिलको पत्र बमोजिम ४ जनालाई ७ दिनका लागी निलम्बनमा राखिएको धुलिखेल अस्पतालले जारी गरेको सूचनामा उल्लेख थियो । गत १२ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरुलाई काम कारबाहीमा संलग्न नगर्न/नगराउन केयु स्कुल अफ मेडिकल साइन्सेजलाई काउन्सिलले निर्देशनात्मक पत्राचार गरेको हो ।
उक्त विषयलाई लिएर उजुरी परेपछि काउन्सिलले सदस्य डा. कालुसिंह खत्री र पुण्यरत्न शाक्यलाई अनुसन्धानका लागि धुलिखेल पठाएको थियो । उजुरी र स्थलगत अध्ययन प्रतिवेदनमा छलफलपछि काउन्सिल निलम्बन गर्ने निर्णयमा पुगेको हो ।
अस्पताल प्रशासन घटनाबारे चुप रहेता पनि काउन्सिलको निलम्बन पत्र पश्चात भने निलम्बन गरिएको सूचना जारी गरेको थियो । सूचना पश्चात् स्कुल अफ मेडिकल साइन्सेजको डीन कार्यालयले स्वतन्त्र छानबिन समिति गठन गरेको हो ।

चीनले बनायो नयाँ थेरापी प्रविधि : अब १९ हजार रुपैयाँमा क्यान्सरको उपचार

निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित

कामपाको स्तन र पाठेघर मुखको क्यान्सर निःशुल्क परीक्षण अभियान सुरु

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा थापा
आज विश्व क्षयरोग दिवस : कति छन् क्षयरोग पीडित ?
_8mxRq0SctC_2vwwvjejwsmwyyypxbr9whhqjjaemhktlhv3uktbzxafnjrkgnfjwwwixqs4_zMg5ZNUjW0_rn00qbymh0mjxiiipsay0ynt1y3xgs0kmxdtgdkqogfbngsikbrq4xzttupv.jpg)
राती घण्टौं निंद्रा लागेन, यी योग आसनले गर्नेछ मद्दत

तीन अस्पतालमा मष्तिष्क पक्षघातको औषधि उपलब्ध हुने

प्रतिक्रिया