मंगलबार २६ चैत, २०८१
Tuesday, April 08, 2025

टीभीएस अपाचेले “एक्सचेन्ज मेनिया “ घोषणा गर्दै १ लाख सेलिब्रेशन डे मनाउँदै

काठमाडौँ- नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि “१ लाख सेलिब्रेशन डे“का रुपमा रोमाञ्चक कार्यक्रम “एक्सचेन्ज मेनिया“ को आयोजना गर्ने घोषणा गरेको छ ।

यूएन पार्क मा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्ट मार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचे प्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।

बाइक अपग्रेड गर्ने सुनौलो अवसर!
फाल्गुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे “एक्सचेन्ज मेनिया“ बाइक प्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो । यस कार्यक्रम अन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै, रु. ३१,००० सम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै, कार्यक्रम मार्फत एक्सचेन्ज मूल्याङ्कनमा रु. १०,००० सम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधापनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९% ब्याजदरमा १८ महिने किस्ताबन्दी मा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ ।

नेपालमा आफ्नो प्रभावशाली उपस्थितिलाई थप बलियो बनाउँदै, टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डेका रुपमा समेत कार्यक्रमको भव्य आयोजन गर्दैछ । नेपालभर १ लाखभन्दा बढी अपाचे राइडरहरू रहेको उत्सव, अपाचे कम्युनिटीलाई समर्पित गरिने कम्पनीले जानकारी दिएको छ ।

यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको छ ।

नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । थप जानकारीका लागि नजिकको टीभीएस शोरूममा सम्पर्क गर्नुहोस् वा टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालहरू फलो गर्नुहोस् ।

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

एमएडब्ल्यू वृद्धिले चितवनमा सबैभन्दा ठूलो ईभी एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्मानित

साइमेक्स इंक बीवाईडी एसिया प्यासिफिक डिलर कन्फ्रेन्समा प्रतिष्ठित पुरस्कारबाट सम्…

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

यामाहाले नयाँ वर्ष उत्सवमा ल्यायो रोमाञ्चक पुरस्कारहरू सहितको “थ्रिल अफ थ्री”

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बजारमा हुन्डाईको क्रेटा ईभी र मेड इन नेफाल क्रेटा आईसीईको मूल्य कति पर्छ ?

बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम

बीवाईडीका ब्याट्री अब रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो य…

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहयोग

जगदम्बा मोटर्स र भारतीय राजदूतावासको सहकार्यमा अपांगता भएका व्यक्तिहरूलाई सहय…

यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

यामाहा रेजेडआर बन्यो एनएसएल सिजन ३को लागि काठमाडौं रेजर्सको टाइटल स्पोन्सर

मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न

मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न