आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु

काठमाडौँ- काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारमा रहेको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा छिर्दा तीन जनाको मृत्यु भएको हो ।

हरिजन, आकाश र सुमनको मृत्यु भएको द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलका फाउण्डर अध्यक्ष युवराज थापाले बताए । उक्त बेवारिसेहरूको नाम आश्रयस्थलले नै राखिदिएको हो । हरिजनको उपचारको क्रममा मृत्यु भएको हो भने आकाश र सुमनको घटनास्थलमा नै मृत्यु भएको हो ।

टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय सागर माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।