विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूको प्रदर्शन
काठमाडौं - विगतका सबै सहमति सम्बोधन हुने गरि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा प्रदर्शन भएको हो । शनिबार काठमाडौंको बानेश्वरबाट माइतीघरसम्म गरिएको प्रदर्शनमा देशभरका हजारौं शिक्षकहरू सहभागी भएका थिए ।
प्रदर्शनमा सहभागीहरूले यसअघि भएका सहमति कार्यान्वयन गर, विद्यालय शिक्षा ऐन जारी गर लगायतका नारा लगाएका हुन् । विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई दबाब दिनका लागि प्रदर्शन गरिएको शिक्षकहरूको भनाइ छ ।
महासंघले प्रदर्शनका लागि उपत्यकाबाहिर रहेका शिक्षकहरूलाई काठमाडौं बोलाएको थियो । फागुन २५ गते राष्ट्रिय समितिको बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले जनाएको छ ।
यसअघि पनि विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएपछि शिक्षकहरूसँग सरकारले सहमति गरेको थियो । तर सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरू पुनः आन्दोलित भएका हुन् ।

स्वस्तिश्री गुरुकुल आई. बी. वर्ल्ड स्कुलद्वारा आयोजित संयुक्त राष्ट्रसंघ ४.० को भव्…

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

लर्ड बुद्धका विद्यार्थीको मलेसिया भ्रमण: शैक्षिक अवलोकन र सांस्कृतिक आदानप्रदान
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_n1UzpND5kP_myvk5jbvfqzp1zmcneilvnzpzlrwakpgxx78a3qqnqmi2k9cschi1qu2qrcc.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

प्रतिक्रिया