क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेर समूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस वर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रित हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।
नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मे मा युके भ्रमण गर्दै जुनमा आइसिसी विश्वकप लिग–२ खेल्नेछ ।
त्यस्तै टी–२० विश्वकप छनोटको तयारी श्रीलंकामा हुने सचिव खड्काले जानकारी दिए । त्यस्तै अक्टोबरमा ओमानमा नेपालले विश्वकप छनोट खेल्ने छ । नोभेम्बरमा यूएईमा विश्वकप लिग–२ खेल्नेछ । यसैगरी महिला क्रिकेट टोलीले अप्रिल महिनामा भुटानसँग टी२० सिरिज खेल्ने क्यान सचिव खड्काले बताए ।
त्यस्तै घरेलुतर्फ नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने क्यानले जनाएको छ भने प्रधानमन्त्री कप क्रिकेट मार्चमा हुने भएको छ । क्यान सचिव खड्काले नेपाली क्रिकेट खेलाडीको ग्रेडिङ छिटै सार्वजनिक गर्ने जानकारी दिए ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_XwMW9jBY9T_wpiyid90ukti8hljtxiquctxjnsat22ooullbl4fqp7orxepcbvxoof6ujyv.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया