नेपाल नामिबियासँग पराजित

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नामिबियासँग ६ विकेटले पराजित भएको छ ।
युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा आजदेखि शुरु भएको चार देशीय सिरिज अन्तर्गत नेपालले दिएको ९३ रनको लक्ष्य पछाएको नामिबियाले खेल्ने क्रममा बर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियम अनुसार १५ ओभरमा ७१ रनको नयाँ लक्ष्य तय भएको थियो ।
सो लक्ष्य नामिबियाले १४.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले १९.५ ओभरमा ९२ रन बनाएको थियो । नेपालका लागि सम्झना खड्काले सर्बाधिक १८ रन बनाएकी थिइन् भने कबिता जोशीले १६, पुजा महतोले १३ रन बनाएकी थिइन् । त्यस्तै नामिबियाका बलर विलका एमवाटिल र मेकेलाय एमवाटिलले ३-३ विकेट लिएका थिए भने कायलीन ग्रिनले २ विकेट लिएकी थिइन् ।
अब नेपालले अर्को खेल आइतबार आयोजक युगाण्डासँग खेल्ने तालिका रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया