बागमतीबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ-‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ आज काठमाडौँ महानगरपालिका वडा नं ३१ को अग्रसरतामा बागमती सफाइ गरिएको छ ।
काठमाडौँ महानगरपालिका–३१ का अध्यक्ष सरोज ढकालको नेतृत्वमा तीनकुने वडा नं ३१ को कार्यालय अगाडि बागमती नदीमा वडा सदस्यहरू अशोक केसी, हुमा आचार्य, वडा नागरिक समाज सञ्जालका पदाधिकारीको सफाइमा सक्रिय सहभागिता थियो । सफाइमा आलोकनगर समुदायका अध्यक्ष ध्रुव पोखरेल, आलोकनगर मार्ग टोल सुधार समितिका अध्यक्ष डिआर पोखरेललगायतको सफाइमा सक्रियता थियो ।
यसैगरी आलोकनगर बागमती अभियानकर्मी, अधिकारसम्पन्न बागमती सम्पन्न बागमती समितिका मञ्जु राई, सुन्दरीघाट बागमती सफा अभियान, योगगुरु किशोर जोशीसहित योग साधक, नेपाल प्रहरी, सामुदायिक नेपाल प्रहरी, वडा नं ३१ का कर्मचारी, वडावासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुका सरसफाइ गाडीसहित टोलीको पनि सहभागिता थियो ।
सफाइबाट करिब तीन मेट्रिक टन फोहर सङ्कलन गरिएको थियो । आज सङ्कलन गरिएको फोहर महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाही जानकारी दिए ।
विसं २०७० जेठ ५ गतेदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान जारी छ । बागमती सफाइ महाअभियानको आज ६१६औँ हप्ता पूरा भएको छ ।

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_vQJk2V9Is5_3e6h2oo6v0werbcskyo2kxbtvoqo4kr2ytovm510uaowyqjzg7nnpxfhfn8r.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_6co2QPkzoF_uqkm9he1xwff7xdeler77nrvtuhqdl84s2qlvsylyyqmfjxufekcqsthzlr1.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

प्रतिक्रिया