पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुँदै

बुटवल- नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ ।
फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदैछन् ।
पीएम कपका खेलहरू सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट स्टेडियम, दाङ र एक्स्ट्राटेक ओभल, तिलोत्तमामा हुने छन् ।
आज पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् भने एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब खेल्दैछन् । त्यस्तै देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम टिम खेल्दै छन् ।
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Adm1IQ9fVX_qoqa08g0vdvax3kiv3quh1y8e6a9ftg4wwe3hewhcnlve26qrxc4n9kyvhnb.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया