एयरपोर्टमा राजावादीहरूको भीड (फोटो फिचर)

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शन गरिरहेका छन् ।
पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज दिउँसो ३ बजे काठमाडौँ आउन लागेका छन् । राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने कुराले त्रिभुवन विमानस्थलमा बिहानैदेखि सुरक्षा व्यवस्थापनमा कडाई गरिएको छ । उनलाई स्वागत गर्न राजावादीहरूको भीड लागेको छ ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफुलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन् ।
पूर्वराजाको अपिलले राजावादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

आन्दोलनरत शिक्षकलाइ नवनियुक्त शिक्षा मन्त्रीले बोलाए बार्तामा

भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउनुपर्छ : राष्ट्रपति पौडेल

क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ: मह…

लाेकतन्त्रमा मात्र खेल र खेलाडीकाे विकास हुन्छ : उपप्रधानमन्त्री सिंह

‘अधिकार संरक्षणका लागि सबै राजनीतिक दल एकै ठाउँमा आउनुपर्छ’

गभर्नर नियुक्तिमा ढिलाइ गर्न हुन्न : कांग्रेस प्रवक्ता महत

अस्थिरता, अराजकता र निरङ्कुशतन्त्रलाई अस्वीकार गर्दै युवाहरुले देश बनाउने सङ्कल्…

प्रतिक्रिया