पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात

काठमाडौं - आजदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी शुरुवात गरेको छ ।
सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुदै १८२ रन बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्वाधिक ५ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हुदै २०८ रन बनाएको थियो ।
त्यसैगरी आजै एक्स्ट्राटेक ओभल मैदान तिल्लोत्तमामा सम्पन्न अर्को खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
त्यसैगरी दाङको लमहीमा सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
अब पीएम कपमा भोलि लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_gqPHuTaXjs_mpdr22tsy93jq5wetr5hcjnifprlnwj5uqtrlyudpbcsyle7nm96p1bxi8y2.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया