शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

संवैधानिक राजालाई श्रृंगारको रुपमा मानौँ- राणा

फाइल फोटो

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले बहुदलीय प्रजातन्त्रमा संवैधानिक राजालाई श्रृंगारको रुपमा राख्नुपर्ने बताएका छन् ।

आइतबार त्रिभुवन विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै राणाले मुलुकमा बहुदलीय प्रजातन्त्र मुलुकका लागि अपरिहार्य भएकाले बहुदलीय प्रजातन्त्र कायम राख्दै श्रृंगारको रुपमा संवैधानिक राजालाई राख्नुपर्ने बताएका हुन् ।

बहुदलीय प्रजातन्त्र मुलुकका लागि अमूल्य व्यवस्था भएकाले यसको बिकल्प नरहेको उनको भनाइ छ । उनले देश र जनताको शासन जनताले चूनेका प्रतिनिधिले नै गर्नुपर्ने धारणा राखे ।

जनप्रतिनिधिले शासन चलाउँदा गौरवका लागि भएपनि राजा आवश्यक रहेको उनको भनाइ छ ।