पर्वतीय सङ्ग्रहालय प्रवर्द्धनको प्रयास

गण्डकी- पोखराका पर्यटक पथप्रदर्शकले पोखरा महानगरपालिका–१७ रातो पहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रवर्द्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मङ्गलबार सङ्ग्रहालयका पदाधिकारीसहित सरोकार भएका पक्षबीचको छलफलमा सङ्ग्रहालयलाई पोखरा भ्रमणका मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड दिइएको थियो ।
पोखरा सिटी टुर गाइड एशोसियशनमा आबद्ध प्रथप्रदर्शकहरु सहभागी कार्यक्रममा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले पर्वतीय सङ्ग्रहालय पोखराको आकर्षक मानवनिर्मित पर्यटकीय गन्तव्य भएको बताए । उनले पर्वतीय सङ्ग्रहालयको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारले सघाउने प्रतिबद्धता जनाए । पोखरा सिटी टुर गाइड एशोसिएशनका अध्यक्ष आनन्द गुरुङले सङ्ग्रहालयका पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
सङ्ग्रहालय समिति सदस्य शेषकान्त शर्माले पोखरा आउने पर्यटकको रोजाइमा पर्वतीय सङ्ग्रहालय पर्ने गरेको बताए । कार्यक्रममा पोखराको पर्यटन विकास र यस क्षेत्रका सम्पदाबारे प्रस्तुतीकरण राखिएको थियो ।
सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले स्थानीय पथप्रदर्शकहरुलाई सङ्ग्रहालयबारे जानकारी दिन र भावी रणनीति बनाउन कार्यक्रम राखिएको बताए ।
रासस

पर्यावरणीय चेतनाको कमीले जलथलमा मासिँदै दुर्लभ जीव र वनस्पतिहरु

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि सर्वसाधारणका लागि प्रहरीले चलायो निः…

शिलान्यासको ६ वर्षपछि बल्ल नमूना सदरमुकाम निर्माण थालियो
_KBOLezfD8r_801b1ilnqfhcwhoywqzv8oacq9fdv1wkatlvs4mhxmyidbatfgq0x0lwtu9p_JrxPpygWKR_nzebfkoovdpceutiuemggz16kmcvyvbibtxx87zqetypofxwmutjr9vtvavl.jpg)
भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार : पठाओ
_2AHSkIig8X_2hruvsjdnd5wubtamfdgvprosr8lxpphr6byyzyt39gwpsmb1l9t8kgkr8ib_ecflIx0jsM_xjwvuyktwgltfoo0zs2jed1dbvqode03azsron71p2l2pga5djgojlfrrvn4.jpg)
अनिश्चितकालीन यातायात बन्द : चलेका छैनन् सार्वजनिक यातायात

प्रतिक्रिया