पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

काठमाडौं : देशका पहाडी क्षेत्रमा बिहीबार फागुपर्व मनाइँदैछ। यो पर्व फाल्गण शुक्ल पूर्णिमामा मनाइन्छ। योपटक भने बिहीबार बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ।
यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर बनाएर मनाउने चलन छ। यही पर्वलाई तराई-मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ।
फागु पर्वलाई होली पनि भनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।
काठमाडौं उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ। पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ। तराई-मधेश क्षेत्र भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ।

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

सिद्धार्थ बुटिक होटल बौद्धमा ग्रान्ड होली फिएस्टा २०२५, अनिल सिंहको धमाकेदार प्…

रमजान भोलिदेखि सुरु

प्रतिक्रिया