पीएम कप: गण्डकीमाथि लुम्बिनी प्रदेश १४ रनले विजयी

काठमाडौं - जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बिहीबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६२ रन बनाए भने सुबास भण्डारीले ३० रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाएका थिए । त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिएका थिए भने चन्द्र पौडेल र विपिन खत्रीले २-२ विकेट लिएका थिए ।
यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_Cdpc4ToQ7q_x9fidgmvryhopolo8mz3benqrutcrf6etxnf32cgsjepgurreska56ykddsw.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया