सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

आमाबाट छुट्टिएको छावाको उद्धार

जकार्ता- इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ।
 
सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । 

‘वल्र्ड वाइड फन्ड फर नेचर’का अनुसार विश्वमा दुई हजार ४०० देखि दुई हजार ८०० को हाराहारीमा मात्र रहेको सुमात्रेली हात्ती लोप हुने अवस्थामा पुगेका छन् ।

स्थानीय संरक्षण निकायका अधिकारी उजाङ होलिसुदिनले एएफपीलाई दिएको जानकारीअनुसार सुमात्राको पश्चिमी टापुको रियाउ प्रान्तमा रहेको पाम तेलको बगानमा सोमबार दुई महिनाको भाले छावा फेला परेको हो ।

उजाङले भने, “यो छावा उसको समूह वा उसकी आमाबाट संयोगबस छुट्टिएको हुन सक्छ । यो उसको आमाको अन्य कतै मृत्यु भएपछि एक्लिएको पनि हुनसक्छ।”

उनले भने “बगानमा एक्लो रहेको छावा भोकले भूईमा लडेको अवस्थामा कसैले देखेपछि प्रशासनलाई खबर गरेको र अहिले उसको उद्धार भएको छ ।” 

“उक्त छावाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य राम्रो रहेकोले उसलाई प्रान्तीय राजधानी पेकानबारु नजिकै रहेको संरक्षण निकायको हात्ती प्रशिक्षण केन्द्रमा ल्याइएको छ,” उनले बताए । 

अधिकारीहरूले उक्त क्षेत्रमा हात्तीको बथानको निगरानी गरिरहेका र देखिएमा छावालाई परिवारसँग पुनर्मिलन गर्न सकिन्छ कि भनेर थप प्राकृतिक उद्धारको पहल भइरहेको बताइएको छ । 

अवैध वन्यजन्तुको व्यापारमा बहुमूल्य मानिने हात्तीको दाँतको अत्यधिक चोरी सिकारले हात्तीको सङ्ख्या लाई खतरामा पारेको छ।

इन्डोनेसिया  वन्यजन्तु अपराधसँग जुधिरहेको छ र हालैका वर्षहरूमा हात्तीको विषाक्तताका धेरै घटनाहरू भएका रोपोर्ट भएका छन्।

वन फँडानीले उनीहरूको प्राकृतिक वासस्थानलाई पनि घटाएको छ र उनीहरूलाई मानिससँग बढ्दो द्वन्द्वमा ल्याएको छ। (एएफपी)

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी पाउँदै नागरिक

इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि तयार : जेलेन्स्की

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

युक्रेनबाट कुर्स्क क्षेत्र मुक्त गर्न उत्तर कोरियाली सैनिकको ठूलो हात छ : पुटिन

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्याहु हुन्’

इजरायलमा प्रदर्शन जारी, प्रदर्शनकारीले भने- ‘इजरायलको शत्रु हमास होइन, नेतान्य…

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको घोषणा

भारतको डटेर सामाना गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्रीद्धारा यूम ए ताशाकुरको …

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्…

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु

सुडानमा हवाई आक्रमण : एउटै परिवारका १४ जनाको मृत्यु