६० वर्षका आमिर खान फेरि प्रेममा !

काठमाडौँ- आफ्नो ६०औं जन्मदिन आज मनाउँदै गरेका बलिउड अभिनेता आमिर खान फेरि प्रेममा परेका छन् । जन्मदिनकै अवसरमा आमिरले आफ्नी प्रेमिका गौरी स्प्रेटको बारेमा मिडियामा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
आमिरले आफ्ना दुई पूर्वपत्नीहरू, रीना दत्ता र किरण रावसँग राम्रो सम्बन्ध राख्छन् र सम्बन्धविच्छेदपछि पनि परिवार जस्तै सम्बन्धमा रहेका छन् । अब, उनी तेस्रो पटक बेंगलुरुको गौरी स्प्रेटसँग प्रेममा परेका छन् ।
बलिउडका मिस्टर परफेक्शनिस्टको छबि बनाएका आमिर खानले आफूलाई एक्लै बस्न मन नपर्ने र अब उनी गौरीसँग खुसी भएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गरेका थिए ।
गौरीको बारेमा उनले पाँच विशेष कुरा भनेका छन् । पहिलो कुरा, गौरी बेंगलुरुकी बासिन्दा हुन् र कपाल काट्ने व्यवसाय गर्छिन् । दोस्रो, उनी आमिरको प्रोडक्सन हाउसमा पनि काम गर्छिन् । तेस्रो, आमिरसँगको उनको मित्रता २५ वर्ष पुरानो हो, तर उनीहरूको सम्बन्ध विगत १८ महिना देखिको छ । चौथो, गौरी विवाहित छिन् र उनको छ वर्षको छोरा छ । पाँचौं, उनको मूल तमिल र आयरिश दुवै हो ।
रिपोर्ट अनुसार, आमिरले उनी र गौरीबीच २५ वर्ष अघि भेट भएको बताएका छन् तर पछि सम्पर्क टुटेको थियो । अब उनीहरू फेरि भेटेका छन् र सँगै छन् ।
उनले गौरीलाई फिल्म उद्योगको दुनियाँको लागि तयार पारिरहेको र उनको सुरक्षाको लागि व्यक्तिगत गार्ड पनि राखेको बताए । आमिरले गत बुधबार गौरीलाई आफ्ना साथी शाहरुख खान र सलमान खानसँग पनि परिचय गराएको बताएका छन् ।

क्यामरूनको ‘अवतारः ३’ हुनेछ पान्डोराको सुली परिवारको कथा

करण जोहरको रियालिटी शोमा राज कुन्द्रा सबैभन्दा मंहगा कलाकार

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित, नयाँ मिति चाँडै घोषणा गरिने

बुद्ध दर्शनको दस्तावेज – अर्हत्

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

मोहन सिटौलाको ब्यस्टी र समष्टी´ सार्वजनिक

प्रतिक्रिया