आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने

काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्टको कान्स फिल्म फेस्टिभलमा डेभ्यु हुने भएको छ ।
आलिया भट्ट आफैंले कान्समा आफ्नो डेब्यूको पुष्टि गरेकी हुन् । आलियाले लगभग दुई वर्षअघि मेट गालामा डेब्यू गरेकी थिइन् । अब उनी आफ्नो सुन्दर लुकले कान्समा लाइमलाइट चोर्नेछिन् । उनी एक सौन्दर्य ब्रान्डको लागि रातो कार्पेटमा उपस्थित हुनेछिन् ।
बलिउडमा आफ्नो अभिनयबाट लोकप्रियता कमाइसकेकी आलियाले अन्तर्राष्ट्रिय स्तरमा पनि धेरै ख्याति कमाइसकेकी छिन् । मुम्बईमा मिडियासँग कुरा गर्दै आलियाले भनेकी छन्- 'म यसको लागि उत्सुक छु । हो, म कान्समा डेब्यू गर्दैछु । म धेरै उत्साहित छु ।'
७८औं कान्स फिल्म फेस्टिभल मे १३ देखि मे २४, २०२५ सम्म आयोजना हुनेछ ।
आलियाले हाल यशराज फिल्म्सको अल्फा र संजय लिला भन्सालीको लभ एण्ड वारमा काम गरिरहेकी छन् । उनको अल्फा यसै बर्ष रिलिज हुने छ भने लभ एण्ड वार २०२६ मा रिलिज हुने छ ।

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

रेड २ बन्यो यो वर्ष सबैभन्दा धेरै कमाउने चौथों बलिउड फिल्म

‘नेपाली चलचित्र स्तरिय बन्न थालेका छन्’

गायक अरजित सिंहले आफ्नाे होटल खुवाउँछन ३० रूपैयामा नै खाना

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

प्रतिक्रिया