डब्लुएफपीले म्यान्मामा खाद्य सहायता कटौती गर्ने

याङ्गुन-‘महत्वपूर्ण कोषको कमी’ को कारणले म्यान्माका १० लाख भन्दा बढी मानिस अप्रिलदेखि खाद्य सहायताबाट वञ्चित हुने विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले शुक्रबार जनाएको छ ।
संयुक्त राज्यले सन् २०२४ सम्म डब्लुएफपीलाई नौ अर्ब ७० करोड कोषमध्ये चार अर्ब चालिस करोड प्रदान गरेको थियो । हाल वाशिङ्गटनको अन्तर्राष्ट्रिय सहायता कोषले उक्त प्रदान गरिने रकम कटौती गरिने जनाएको छ ।
सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा गृहयुद्धको चपेटामा परेको छ । डब्लुएफपीले पाँच करोड १० लाख जनसङ्ख्या भएको यस देशका एक करोड ५० लाखभन्दा बढी मानिसले आफ्नो दैनिक खाद्य आवश्यकता पूरा गर्न नसक्ने बताएको छ ।
“कोषको गम्भीर अभावका कारण अप्रिलदेखि सुरु हुने गरी म्यान्माका दस लाखभन्दा बढी मानिस डब्लुएफपीको जीवनरक्षक खाद्य सहायताबाट वञ्चित हुने,” डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डब्लुएफपीले भनेको छ,“यी कटौतीहरू बढ्दो द्वन्द्व, विस्थापन र पहुँच प्रतिबन्धहरूले पहिले नै खाद्य सहायताको आवश्यकतालाई तीव्र रूपमा बढाइरहेको बेलामा आएका छन् ।” (एएफपी)

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

प्रतिक्रिया