बिआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर - पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं - पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् ।
फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बिआरआईबाट फाइदा दिँदै यसलाई विकास र समृद्धिको अवसरको रूपमा लिनुपर्ने बताए । बिआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रूपमा रहेको उनले बताए । खनालले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बिआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राखे ।
बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।
त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए । चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उनले आयातमा समेत चीन निकै अगाडी रहेको जानकारी दिए । उनले बिआरआईका कुनै अन्यौलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिए ।
उनले अहिले विद्युतीय सवारी साधनमा चीन विश्वकै धेरै उत्पादन गर्ने मुलुक बन्न सफल भएको बताए । कार्यक्रममा नेपालमा बिआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया