पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित

काठमाडौं - जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल ओत हुँदै ९५ रन बनाएको थियो ।
मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने बिशाल पटेलले ३ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ । त्यस्तै मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया