विद्युतीय सवारीसाधन सञ्चालनसँगै सस्तियो पोखरा-बागलुङ ‘यात्रा

धवलागिरि– गण्डकी यातायात सेवा प्रालिले पोखरा–बागलुङ र पेखरा-म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ ।
कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो । पोखरा–बागलुङ यसअघि ४५० रूपैयाँ लिने गरिएकामा शुक्रबारदेखि ५० घटाएर ४०० कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए । म्याग्दी–पोखराको भाडा ५५० बाट घटाएर ५०० रूपैयाँ कायम गरिएको उनले बताए ।
बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो । शुरूआती चरणमा दुई वटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ–पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा छन् । कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँच वटा बस सञ्चालन गरेको छ ।
बागलुङ– नारायणगढका लागि पाँच वटा बस सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारीसाधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ ।
पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् ।
प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाडी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ ।
प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् । गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् ।
माइक्रो बस, कार, भ्यान र स्कुटरको संख्या बढ्दो छ । कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ । चार्जिङ स्टेसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ ।

भृकुटीमण्डपमा रैथाने खाना

मन्दिरको गेट निर्माणका क्रममा एकको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_1fljoYQA8q_tbxkmqjdz4r98vvtjinuzimg4deyeql02jdtbziqhscn5qywzae3o5ipavul.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

प्रतिक्रिया