प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

काठमाडौँ- हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।

वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ : साह

थाइल्याण्ड भ्रमण : प्रधानमन्त्री ओलीसहित २१ जना जाने

राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने : तपाईंहरू मादल बजाएर आएको हो?

संसद्मा विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैलाई दुख्दा निर्मल निवासलाई कि…

ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति दे…
तीनकुने घटनाको उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्छ : रास्वपा

कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

प्रतिक्रिया