ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी - मन्त्री चौधरी

काठमाडौं - खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको नयाँ कार्यसमितिका गतिविधि गैरकानुनी रहेको जनाएको छ ।
आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ओलम्पिक कमिटीको अहिलेको कार्यसमिति अवैधानिक रहेकाले कार्यसमितिका गतिविधि गैरकानुनी रहेको बताए ।
नयाँ कार्यसमिति चयनका लागि चुनाव नभएसम्म ओलम्पिक कमिटीले गर्ने कुनै पनि काम कानुन बमोजिम नहुने उनले बताए । उनले ओलम्पिक कमिटीको कार्यसमिति अवैधानिक भएपनि खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जान राष्ट्रिय खेलकुद परिषद् र मन्त्रालयले सहजीकरण गर्ने बताए ।
मन्त्री चौधरीले सरकारले खेलकुद क्षेत्रमा हस्तक्षेप गरेको भन्दै ओलम्पिक कमिटीले लगाएको आरोपको खण्डन गरे । उनले खेल क्षेत्रलाई मर्यादित बनाई राष्ट्रको गरिमा उच्च राख्न र खेलाडीको प्रोत्साहन सहितका कार्यका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
यसअघि शुक्रबार ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै सरकारले खेलाडी र पदाधिकारीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अवरोध गरेको आरोप लगाएको थियो । मन्त्री चौधरीले गलत सूचनामा आधारित भएर कुनै पनि धारणा नबनाउन आग्रह गरे ।
उनले स्वयत्तता र स्वतन्त्रतताको नाममा देशको कानुनी शासनको धज्जी उडाउने र सरकारी हस्तक्षेपको बहनामा देशको खेल क्षेत्र मनपरि गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने बताए ।

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

लिभरपुलको विजय यात्राको भिडमा कार कुदाइयो, ४७ जना समर्थक घाइते

अब पाँच चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

प्रतिक्रिया