मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौं - काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । टोखा नगरपालिका–१ फूलबारी गेटस्थित सडकमा बागमती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल र बागमती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाग्मती प्रदेश ०२–०५३ प ६३७८ नंको मोटरसाइकलका चालक टोखा नगरपालिका–३ भुतखेल बस्ने नुवाकोट घर भएका १८ वर्षीय रिवाज आचार्यको रहेका छन् । उनको उपचारका क्रममा आज ग्रान्डी अन्तरराष्ट्रिय अस्पताल धापासीमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचारकक्षले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका बाग्मती प्रदेश ०२–०३९ प ९८२८ नंको मोटरसाइकल चालकको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट

प्रतिक्रिया