क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँट मंगलबार

काठमाडौँ- क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।
उक्त आइपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँट हुने जनाइएको छ ।
उक्त आइपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्।
मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

नेप्से परिसूचकमा सुधार

नेप्से ११ दशमलव शून्य छ अङ्कले घट्यो

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

प्रतिक्रिया