आइतबार १८ साउन, २०८२
Sunday, August 03, 2025

४५ अंकले घट्यो नेप्से, म्युचुअल फन्डबाहेक सबै समूह कमजोर

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४५.०६ अंकले घटेको छ । एक दशमलव ५५ प्रतिशतले घटेर नेप्से परिसूचक २८५४ दशमलव ७६ बिन्दुमा पुगेको हो ।

म्युचुअल फन्ड समूहको परिसूचक ०.१६ प्रतिशतले बढेको छ । होटल, विकास बैंक र जलविद्युत्‌ समूहका परिसूचकमा दुई प्रतिशतभन्दा बढी दरमा गिरावट आएको छ ।

नेप्सेसँगै कारोबार रकम समेत घटेको छ । नौ अर्ब ९८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ९२ हजार एक सय ९२ पटकको कारोबारमा दुई करोड ६० लाख कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण ३९ खर्ब हाराहारी पुगेको छ ।