प्रहरी महानिरीक्षक कुँवरको बिदाइ

काठमाडौं - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको बिदाइ गरिएको छ ।
गृहमन्त्री रमेश लेखकले सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरलाई शुभकामना सहित बिदाइ गरेका हुन् । साथै उनले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरेका छन् ।
उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लागका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै लेखकले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त होस भन्दै समेत दिए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढी प्रगतिको लागि शुभकामना दिएका छन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामो यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताएका छन् । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकीकरण, सांगठनिक सुदृढीकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृह मन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्ग निर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे ।
आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवम् प्रहरी कर्मचारीहरूको हित र उत्प्रेरणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, म्याद थपका लागि अदालत लगिँदै

दुर्गा प्रसाईलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो, काठमाडौँ ल्याइदैँ

दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा

दार्चुलाका शिक्षकले पाए तलब, भत्ता

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

आजको मौसमः बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै

प्रतिक्रिया