जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा

ओटावा- क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रित गरेका छन् ।
गत हप्ता कार्यभार सम्हाल्नुभएका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गर्नुभएको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि रुस–युक्रेन युद्धतर्फ सात शक्तिशाली प्रजातन्त्रको समूहबीचको अनिश्चित दृष्टिकोणका बीचमा यो निमन्त्रणा आएको हो ।
गत हप्ता क्युबेकमा भएको जी–७ विदेशमन्त्रीहरूको बैठकअघि ट्रम्प प्रशासनले युक्रेनको ‘क्षेत्रीय अखण्डता’ का लागि लडाइँलाई समर्थन गर्ने शब्दावली र रूसी ‘आक्रमण’ को सन्दर्भलाई बेवास्ता गरेको थियो ।
तर त्यस्तो भाषा शुक्रबार जी–७ बैठकमा जारी विदेशमन्त्रीहरूको अन्तिम बयानमा समावेश थियो । यो रुसले अमेरिकी नेतृत्वको युद्धविराम पहलका सर्तहरू तत्काल स्वीकार गरेन भन्ने सन्दर्भमा सम्भवतः वासिङ्टनमा निराशाको सङ्केत हो ।
यस हप्ता पेरिस र लन्डनको भ्रमण गरिरहनुभएका कार्नीले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै जेलेन्स्कीले आफ्नो कलमा ‘युक्रेनको रक्षा र शान्तिलाई अगाडि बढाउनका लागि विश्वव्यापी प्रयासहरू’ बारे अपडेट दिएको बताए ।
“क्यानाडा रुसी आक्रमणविरुद्ध युक्रेनको स्वतन्त्रताको लडाइँलाई दृढतापूर्वक समर्थन गर्दछ”, उनले भने ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कार्नीसँगको कुराकानीलाई ‘राम्रो र सारगर्भित’ भनेका छन् ।
उहाँले ‘क्यानाडालाई सहयोग, विशेष गरी रक्षा प्याकेजहरू र हाम्रो ऊर्जा क्षेत्रको समर्थनका लागि धन्यवाद दिएको’ र ‘मस्कोमाथि दबाब बढाउनुपर्ने सही बुँदाहरू’ उठाएकामा कार्नीको प्रशंसा गरेको बताए ।
यस वर्षको जी–७ अध्यक्षता गर्ने क्यानाडाले जुन १५–१७ मा अल्बर्टाको कानानास्किसमा शिखर सम्मेलनको आयोजना गर्नेछ ।
ट्रम्पले मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्धविरामको प्रस्तावबारे छलफल गर्ने कार्यक्रम छ । (एएफपी)

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

प्रतिक्रिया