च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

दमौली (तनहुँ)- जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।

आजदेखि आयो पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा आयो

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

‘बसेपनि सहरः गाउँकै खाने रहर’

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

प्रतिक्रिया