संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ छौँ : इरान

तेहरान- इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले सोमबार आफ्नो देश संयुक्त राष्ट्रसङ्घको आणविक संस्थाका प्रमुख राफेल ग्रोसीसँगको भेटवार्तापछि उहाँको देश संस्थासँग सहकार्य गर्न ‘प्रतिबद्ध’ रहेको बताएउनुभएको छ ।
घरिबाबादीले एक्समा एक पोस्टमा भियनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का प्रमुखसँग भएको वार्ता ‘खुला र रचनात्मक’ भएको बताए ।
“आफ्नो राष्ट्रिय सुरक्षा र चासोको रक्षा गर्दा इरान आफ्नो सुरक्षा दायित्वको ढाँचाभित्र आइएइएसँग सहयोग गर्न प्रतिबद्ध छ”, उहाँले आणविक हतियारको प्रसारलाई रोक्ने उद्देश्यले एजेन्सी प्रोटोकललाई उल्लेख गर्दै भने ।
आफ्नो पोस्टमा ग्रोसीले ‘इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको विश्वसनीय ग्यारेन्टी प्रदान गर्न सहयोग अपरिहार्य’ भएको बताए ।
यसअघि सोमबार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगााईले बैठक ‘एजेन्सीसँग हाम्रो चलिरहेको संलग्नताको एक हिस्सा’ भएको बताएका थिए ।
घरिबाबादीले शुक्रबार बेइजिङमा आफ्ना रुसी र चिनियाँ समकक्षीहरूसँग वार्तामा भाग लिएपछि अस्ट्रियाको राजधानीमा भएका छलफलहरू भएका हुन् ।
“इरानको शान्तिपूर्ण आणविक सुविधाहरू विरुद्धको खतरा बढेको छ, हामीले आइएइएसँग परामर्श तीव्र पार्नु स्वाभाविक हो”, बगाईले भने ।
मार्च ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्ला अली खामेनीलाई देशको आणविक कार्यक्रममा नयाँ वार्ताको आग्रह गर्दै पत्र लेख्नुभएको थियो तर अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिएका थिए ।
इरानले पत्र प्राप्त गरेको पुष्टि गरेको छ । बगाईले सोमबार ‘मूल्याङ्कन पूरा भएपछि’ जवाफ दिइने बताए ।
दशकौँदेखि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशहरूले तेहरानले आणविक हतियार विकास गर्न खोजिरहेको आशङ्का गर्दै आएका छन् ।
इरानले यी दाबीहरू अस्वीकार गर्दै आफ्ना आणविक गतिविधिहरू ऊर्जा उत्पादन सहित केवल शान्तिपूर्ण उद्देश्यका लागि भएको जोड दिंदै आएको छ ।
सन् २०१५ मा इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू–बेलायत, चीन, फ्रान्स, रुस र संयुक्त राज्य अमेरिकाका साथै जर्मनीसँग आफ्नो आणविक गतिविधिहरू सीमित गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।
तर सन् २०१८ मा ट्रम्पले एकतर्फी रूपमा अमेरिकालाई सम्झौताबाट बाहिर निकालेका थिए ।
तेहरान एक वर्षसम्म सम्झौता अन्तर्गतका आफ्नो दायित्वप्रति प्रतिबद्ध रह्यो तर त्यसपछि युरेनियम समृद्धिकरण स्तरहरू ६० प्रतिशतसम्म बढाउँदै तिनीहरूबाट पछि हट्न थाल्यो ।
यी स्तरहरू आणविक बम विकास गर्न आवश्यक ९० प्रतिशत सीमाभन्दा धेरै नजिक छन् र सम्झौताअन्तर्गत इरानको समृद्धिकरण सीमा तीन दशमलव ६७ प्रतिशतभन्दा धेरै माथि छन् ।
हालैका महिनाहरूमा इरानले आफ्नो आणविक गतिविधिहरूमा प्रतिबन्धको बदलामा तेहरानमाथि प्रतिबन्धहरू हटाएको सम्झौतालाई पुनर्जीवित गर्ने प्रयासमा बेलायत, फ्रान्स र जर्मनीसँग धेरै चरणको वार्ता गरेको छ । (एएफपी)

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

एक हजार युक्रेनी सैनिकको मृत शरीर हस्तान्तरण

दक्षिण सिरियामा हिंसामा ५०० भन्दा बढीको मृत्यु
बेलायतको आम निर्वाचनमा मतदान गर्ने उमेर १६ वर्ष बनाइने

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

प्रतिक्रिया