कोपा अमेरिका जितेपछि मेस्सीले सम्झिए म्याराडोना

काठमाडौँ: लियोनल मेस्सीले कोपा अमेरिकाको उपाधि म्याराडोनाप्रति समपर्ण गरेका छन् । मेस्सी सम्मिलित अर्जेन्टिनाले कोपा फाइनलमा आयोजक ब्राजिललाई हराएको थियो । अर्जेन्टिनाको सिनियर टिमबाट पहिलो उपाधि जितेपछि मेस्सीले प्राप्त सफलता आफ्नो परिवार र समस्त अर्जेन्टाइन नागरिकमा पनि समपर्ण गरे ।
‘यो सफलता चार करोड ५० लाख अर्जेन्टाइन नागरिकको पनि हो । जो कोभिड–१९ का कारण कठिन अवस्थामा छन् । जस्तोसुकै अवस्थामा पनि उनीहरूले हामीलाई विश्वास गरेका छन् । अनि मेरो परिवार र साथीभाई प्रति पनि म कोपाको सफलता समपर्ण गर्न चाहन्छु,’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन् ।
अर्जेन्टिनामा कोभिड–१९ महामारी नियन्त्रणमा आउन सकेको छैन । संक्रमणमा परी मृत्य हुनेको संख्या करिब एक लाख पुग्न लागेको छ । कोभिड–१९ महामारीकै कारण अर्जेन्टिनामा आयोजना हुने भनिएको कोपा ब्राजिलतर्फ सारिएको थियो । यद्यपि ब्राजिलमा पनि कोभिड–१९ को संक्रमणमा पर्नेको संख्या नियन्त्रण हुन सकेको छैन । ब्राजिलमा पाँच लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
महामारीबीच खेलेर ट्रफी अर्जेन्टिना पुर्याएका मेस्सीले म्याराडोनालाई पनि सम्झिए । ‘म्याराडोना जहाँ छन्, त्यहाँबाटै हामीलाई राम्रो खेल्न भनिरहेका छन्,’ मेस्सीले भने । म्याराडोनाको ६० वर्षको उमेरमा गत नोभेम्बरमा निधन भएको थियो ।
च्याम्पियन अर्जेन्टिना आइतबार ब्युनोस आयर्स पुगेको छ । अर्जेटिनाको राजधानीमा निषेधाज्ञा जारी भए पनि खेलाडीहरूलाई स्वागत गर्न सयौँ समर्थक विमानस्थल पुगेका थिए । खेलाडीहरू चढेको बसलाई वरिपरीबाट समर्थकहरूले घेरेका थिए ।
कोभिड–१९ नियन्त्रणमा नआएकाले मेस्सीले आफ्ना समर्थकहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । ‘स्थिती अझैँ पनि सामान्य भइसकेको छैन । त्यसकारण, सुरक्षित तवरमा खुशीयाली मनाउनु पर्छ । आशा छ, कोपामा प्राप्त सफलताले हामीलाई भाइरसविरुद्ध लड्न सहयोग गर्नेछ,’ मेस्सीले भनेका छन् ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया