महेन्द्र मोरङलगायतमा कडा सुरक्षाबीच स्ववियु निर्वाचन

काठमाडौं - विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस लगायत मोरङ जिल्लामा कडा सुरक्षाकाबीच स्ववियु निर्वाचन भएको छ ।
मोरङस्थित ३ वटा आङ्गिक कलेज र ५ वटा सम्बन्धन प्राप्त गरी जम्मा ८ वटा कलेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
मोरङ क्याम्पसमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन् भने तीन संगठनले छुट्टै उमेदवारी दिएका छन् । अघिल्लो निर्वाचनमा विजयी बनेको नेविसंघले यस पटक प्रज्वल विष्टलाई उम्मेदवार बनाएको छ ।
अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको माओवादी निकट अखिल क्रान्तिकारीले रोहित यादव विकासलाई उम्मेदवार बनाएको छ । यस्तै एमाले निकट अनेरास्ववियूले अनीश बोगटीलाई उम्मेदवार बनाएर निर्वाचनमा भाग लिएको छ ।
महेन्द्र मोरङ क्याम्पसमा ३ हजार ९४ जना छात्र र २ दुई हजार ८ सय ९० जना छात्रा मतदाता रहेका छन् ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरूङ

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

प्रतिक्रिया