एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ

काठमाडौं- सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ ।
मंगलबार काठमाडौंमा राखेप सदस्यसचिव टंकलाल घिसिङ र एन्फा पदाधिकारिहरूले नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेका हुन् । नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोटमा चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा खेल्ने तालिका छ ।
बिदाई कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले नयाँ प्रशिक्षक र नयाँ खेलाडीका साथै छोटो समयको प्रशिक्षणपछि पनि खेलका लागि उत्साहित भएको बताए । नयाँ कोच भएपनि त्यसलाई सबैले सहज रूपमा लिएर प्रशिक्षणमा सहभागी भएको उनले बताए । उनले अबको खेलमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने र साफको राम्रो तयार हुने समेत उल्लेख गरे ।
त्यस्तै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले खेलाडीको प्रशिक्षण र व्यवहार निकै राम्रो भएकाले उत्कृष्ट टिम निर्माण भएको बताए । २३ सदस्यीय टोली बनाउँदा केही खेलाडी छुटेपनि मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेलमा राम्रो नजिता आउनेमा आफू सकारात्मक रहेको उनको भनाई छ ।

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

एटलान्टाको पोस्टमा इन्टर मिलानको दुई गोल

कारबाओ कपको उपाधि न्यूक्यासलले जित्यो

प्रतिक्रिया