प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा मन्त्री सिंहको जोड

काठमाडौं - उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राथमिकताका आधारमा योजनाहरुको छनौट गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उनले नेपालको अर्थतन्त्रको अवस्थाको कारण प्राथमिकताका आधारमा योजनाहरूको छनौट गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले जुनसुकै योजना भन्दा पनि मुलुकको आवश्यकताका आधारमा योजना छनौट गर्ने र त्यसमा आवश्यक बजेट छुट्टाउन सके समयमा नै काम सम्पन्न हुन सक्ने धारणा राखे । सिंहले बागमती लगायतका उपत्यकाका नदीहरू सफाइका लागि नयाँ रणनीति बनाइरहेको जानकारी दिए ।
उपत्यकाका नदीहरूलाई सुधार्न गर्नुपर्ने धेरै कामहरू रहेको र डिजाइनमा देखिएको समस्याले देखिएका कठिनाइ सुधार गर्ने उनले बताए ।
बैठकमा शहरी विकास मन्त्रालयबाट भइरहेका काम कारबाहीका विषयमा छलफल गरिएको थियो ।

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रतिक्रिया