लुम्बिनीलाई हराउँदै सुदुरपश्चिमको दोस्रो जीत

काठमाडौं - सुदूरपश्चिम प्रदेशले दोस्रो जीत हासिल गरेको छ ।
जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित हासिल गरेको हो ।
एक्ट्राटेक ओभलमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध ५ विकेटको जित निकाल्दै दोस्रो जीत हासिल गरेको हो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ४ अंक जोडेको छ भने पराजित लुम्बिनीको समान खेलबाट ८ अंक हासिल गरेको छ ।
लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका थिए ।
लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्न सफल भए ।

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

च्याम्पियन्स ट्रफी विजेता टोलीलाई भारतले ५८ करोडको पुरस्कार दिने

काभा भलिबलको दोस्रो संस्करण पनि नेपालमा नै हुने

प्रतिक्रिया