भिमगिठे इलाका प्रहरीको भवन निर्माण अन्तिम चरणमा

बागलुङ- जिल्लाको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भिमगिठेको भवन निर्माण अन्तिम चरणमा पुगेको छ। स्थापना भएको १८ वर्षपछि आफ्नै सुविधासम्पन्न भवन निर्माण हुन लागेको हो।
जग्गा व्यवस्थापनको पहल थालेको ११ वर्षपछि प्रहरी आफ्नै भवनमा सर्ने भएको हो। बडिगाड गाउँपालिकाको पहलमा संघीय सरकारको तीन करोड ६३ लाख रूपैयाँ लागतमा सुविधासम्पन्न प्रहरी कार्यालय भवन निर्माण गरिएको हो।
बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले साढे तीन तलाको सुविधासम्पन्न प्रहरी कार्यालय भवन र आवासले प्रहरीलाई सहयोग पुग्ने बताए। ६ वर्षअघि स्थानीयले चन्दा संकलन गरी १५ लाख रूपैयाँ लागतमा पाँच रोपनी जग्गा इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी नायव निरीक्षक खगेश्वर अर्यालले भवन बनेपछि सेवा प्रदान गर्न सहज हुने बताए।
तीन करोड ६३ लाख रूपैयाँ लागतमा सुनामी/एसए जेभी निर्माण कम्पनीसँग दुई वर्षअघि प्रहरीको भवन निर्माण गर्न सम्झौता भएको थियो। रासस
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_N7JjBBszlY_m8u4yo8fevjcdyzvufpdi8cghumkigk2gpdahc5ymlkaimcpgriupbyzjc5y.jpg)
काठेखोलाका ४७९ घर बाढीपहिराको उच्च जोखिममा

‘बाँझो खेतमा यसपाली : बाँदरले असर नपार्ने नगदेबाली’

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने

प्रतिक्रिया