सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

रौतहटबाट मिटरब्याजी शिवचन्द्र साह पक्राउ

रौतहट - मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।

मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटर ब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय बढी जनतालाई अन्याय गरेको उनी माथि आरोप लागेको छ ।