श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी- दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।
ज्योती विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मरले नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो ।
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ । नवजात शिशुलाई सिताङ हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए ।

लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताको जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्…

जनता जागरुक र सचेत हुनुपर्छः मुख्यमन्त्री कँडेल

भक्तपुर नगरपालिकाको दुई अर्ब ४७ करोडको बजेट सार्वजनिक

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

प्रतिक्रिया